Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रास्वपाका नेताहरू आन्तरिक छलफलमा : सरकारबारे यस्तो निर्णय लिने

रास्वपाका नेताहरू आन्तरिक छलफलमा : सरकारबारे यस्तो निर्णय लिने

  • आइतवार, माघ २२ २०७९

  • 368
    SHARES

  • रास्वपाका नेताहरू आन्तरिक छलफलमा : सरकारबारे यस्तो निर्णय लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। उनीहरू अहिले पार्टी कार्यालय बसुन्धारामा सरकारमा रहने वा बाहिरिने भन्नेबारे निर्णय लिन छलफलमा जुटेका हुन्।

    छलफलअघि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुग्नुभएको थियो ।आज संसद बैठक पनि बस्दैछ। त्यसअघि नै रास्वपाले सरकारमा रहने या नरहने बारे टुंगो लगाउँने तदैछ।

    छलफलपछि रास्वपाले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नेछ। नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेलाई दोषी ठहर गरेपछि उपप्रधान, गृहमन्त्री र सांसद पद गुमेको छ।

    पुनःनागरिकता लिएसँगै गृहमन्त्रीमा रबी लामिछानेको दावी कायमै छ। प्रधानमन्त्री प्रचण्ड यस विषयमा सहमत हुनुहुन्न । लामिछानेले गृह नपाए सरकार छोड्ने चेतावनी समेत दिइसक्नुभएको छ ।


    आइतवार, माघ २२ २०७९०१:२०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij