Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले माओवादीलाई सघाउने, आफुले उम्मेदवारी नदिने

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले माओवादीलाई सघाउने, आफुले उम्मेदवारी नदिने

  • आइतवार, माघ २२ २०७९

  • 247
    SHARES

  • राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले माओवादीलाई सघाउने, आफुले उम्मेदवारी नदिने

    काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादीले उम्मेदवारी दिने भएपछि आफ्नो उमेदवार नउठाउने निष्कर्ष निकालेको छ।

    आज बिहान बसेको पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवार नदिएर माओवादी उम्मेदवारलाई सघाउने निष्कर्ष निकालिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।

    लेखकका अनुसार कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई सघाउने निर्णय गरेको छ।यसअघि कांग्रेस सभापति देउवाले राष्ट्रियसभा उपाध्यक्षबारे नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुर संग हिजो छलफल गर्नुभएको थियो ।

    त्यसअछि आज बिहान आफ्नो निवासमा पार्टीका केही शीर्ष नेताहरूसँग छलफल गर्दै कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेका हुन्।राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी मनोनयन आज हुँदैछ भने निर्वाचन सोमबार तोकिएको छ।


    आइतवार, माघ २२ २०७९१२:५६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij