Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध उमेश श्रेष्ठले उजुरी दिने

रवि लामिछानेविरुद्ध उमेश श्रेष्ठले उजुरी दिने

  • आइतवार, माघ २२ २०७९

  • 512
    SHARES

  • रवि लामिछानेविरुद्ध उमेश श्रेष्ठले उजुरी दिने

    काठमाडौं । चितवन क्षेत्र नं. २ बाट संघीय संसदमा निर्वाचित भई सांसद पद खारेज भएका रवि लामिछाने विरुद्ध आज फेरि अर्को उजुरी दर्ता हुने भएको छ ।

    गत निर्वाचनमा लामिछानेसँग नेपाली कांग्रेसको तर्फबाट प्रतिश्पर्धा गर्नु भएका उमेश श्रेष्ठले आज उजुरी दर्ता गर्न लाग्नु भएको हो ।

    उजुरी दर्ताका लागि उहाँ विहान साढे ११ बजे निर्वाचन आयोगको केन्द्रीय कार्यालय जाने तयारी गर्नु भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

    लामिछानेको उम्मेदवारी नै अवैध भएकाले उहाँपछि धेरै मत आफूले ल्याएकाले आफुलाई सांसदमा निर्वाचित भएको घोषणा गर्नुपर्ने माग उहाँले उजुरीमा गर्नुहुने भएको छ ।

    पूर्व राज्यमन्त्री समेत रहनु भएका श्रेष्ठले लामिछानेसँगको प्रतिश्पर्धामा दोस्रो हुनु भएको थियो । उहाँले निर्वाचन अगाडि पनि लामिछानेको उम्मेदवारी अबैध भएको दावी गर्दै आउनु भएको थियो ।


    आइतवार, माघ २२ २०७९०८:५७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij