Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सहारा बिहिनकाे अभिभावक बने उपाध्यक्ष पोख्रेल

सहारा बिहिनकाे अभिभावक बने उपाध्यक्ष पोख्रेल

  • आइतवार, माघ २२ २०७९

  • 560
    SHARES

  • सहारा बिहिनकाे अभिभावक बने उपाध्यक्ष पोख्रेल

    काठमाडौं । भीरबाट लडेर बुबाको मृत्यु भएपछि बेसहारा बनेका प्युठानको झिमरुक - ३ बादिकोट निवासी वसन्त सामतको तीन जना सन्तानलाई फेसबुकबाटै आर्थिक सहयोग जुटेको छ ।

    आर्थिक अवस्था कमजोर रहेको सामतका नावालक छोराहरुको शिक्षा तथा जीवनयापनमा सघाउनका लागि झिमरुक गाउंपालिका उपाध्यक्ष प्रमोद पोखरेलले फेसबुकबाट सहयोग अपिल गर्नुभएको थियो ।

    पोखरेलले भोलिपल्टै बालकको घर पुगेर कृया खर्चसहित एक सय किलो चामल र २५ किलो दाल दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यसपछि अभियान सुरु भएको दुई सातामै विभिन्न व्यक्तिबाट १ लाख ७५ हजार रुपियाँ रकम मृतक वसन्त सामतको कान्छो छोरा ६ बर्षिय बालक धन बहादुर सामतको खातामा जम्मा भइसकेको छ ।सामतको सम्पतिको नाममा एउटा सानो घर मात्रै छ, खोर्सने जमिन छैन  । १२ वर्षिय प्रशान्त ६, ९ वर्षका गणेश ४ र धन बहादुर १ कक्षा पढ्छन् ।

    उपाध्यक्ष पोखरेलले भन्नुभयो, ु आफ्नै पालिकाबासी बालकले दुखः पाएको मैले हेर्न सकिन, उनीहरुको पढाइ र भविस्यका लागी केहि सहयोग गर्न सकिएला कि भनेर अभियान सुरु गरेको हुँ । मृतकको कान्छो छोरा सामतको नाममा सिटिजन बैक झिमरुक शाखामा रहेको खाता नम्बर ०७५०१००००१३९२०३३ मा सहयोग रकम जम्मा गरिदिन पोखरेलले सबैलाई अनुरोध गर्नुभयो ।

    साथै उपाअध्यक्ष पोखरेलले संकलित रकम सामतको घरमै गएर हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

    पोखरेल निरन्तर जनताका दुखमा सहयोगी बनिरहनुभएको छ । पोखरेलले लाखौ रुपैया सहयोग संकलन गरेर नै ब्लड क्यान्सर पीडित बिन्दु परियार र दुर्गा गिरीलाई नया जीवन दिनुभएको थियो। दुर्गा गिरि आफ्नै श्रीमानले ढाडबाट चक्कु हान्दा फोक्सो समेत छेडिएको थियो ।

    आर्थिक समस्याका कारण उपचार हुन नसक्दा दुर्गा घरमै थला पर्ने स्थिती थियो फोक्सोबाट दैनिक एक लिटर पिप बग्ने अबस्थामा पोखरेलले फेसबुकबाटै एक महिनामा ८ लाख सहयोग जम्मा गरि उपचार गरि निको गराएको दुर्गा गिरिले बताउनु भयो ।

    कोरोना संक्रमण र त्यसपछिको बन्दावन्दीमा पनि पोखरेलले भारतबाट आएका झिमरुकबासीलाई आफ्नै खर्चमा सिमानाका कृष्ण नगर बोडरमै बस पठाएर तीन सय यात्रुहरुलाई घर पुर्याउँने काम गर्नुभएको थियो । उहाले भन्नुभयो, 'गरिब र सहारा बिहिनलाई सहयोग गर्न पाउँदा मलाई आत्मसन्तुष्ट्री मिल्छ।'


    आइतवार, माघ २२ २०७९०८:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij