Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको बटमलाइन : सत्तागठबन्धनलाई गलाउने, ढलाउने (खासखबर)

कांग्रेसको बटमलाइन : सत्तागठबन्धनलाई गलाउने, ढलाउने (खासखबर)

  • शनिवार, माघ २१ २०७९

  • 348
    SHARES

  • कांग्रेसको बटमलाइन : सत्तागठबन्धनलाई गलाउने, ढलाउने (खासखबर)

    काठमाडौं । मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको तयारीमा जुटेको छ । नेकपा माओवादी केन्द्रको साथ पाउने आशामा रहेको कांग्रेसले राष्ट्रपतिमा आफूले सिफारिस गरेको व्यक्ति निर्वाचित हुनुपर्ने भन्दै लबिङ गरिरहेको छ । सरकारमा देखिएको मतभेदलाई पनि सुक्ष्म ढंगले हेरिरहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको भनाइ छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २५ गते धुम्बाराहीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत माग्नुभएको थियो । फलस्वरुपः कांग्रेसले २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । यतिबेला कांग्रेसका नेताहरु पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार हुनुपर्ने बताउँदै आएका छन् । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले माओवादीले गुन तिर्न आफूहरुलाई मात्रै बाँकी रहेको बताउनुभएको छ ।

    एमालेलाई राष्ट्रपति दिँदा आफू अप्ठ्यारोमा पर्ने प्रचण्डको तर्क रहेको छ । पुस १० गतेको सहमति अनुसार एमालेलाई राष्ट्रपति दिए अढाइ वर्षपछि उसैको प्रधानमन्त्री, राष्ट्रपति हुँदा गलत अभ्यास हुनसक्ने कांग्रेस माओवादीको बुझाइ रहेको छ । अहिलेको सत्तासमीकरणमा आएको विवादले कांग्रेसलाई भने हाइसञ्चो भएको देखिन्छ । राष्ट्रपति बनाउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एस म्यानलाई अगाडि सार्ने भएकोले प्रचण्ड शसंकीत भएको हुनसक्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ । यदि एमालेलाई राष्ट्रपतिमा समर्थन गरे माओवादीका केही शर्तहरु मान्नुपर्ने उहाँको बुझाइ छ ।

    माओवादी केन्द्रले पनि कांग्रेसलाई नै राष्ट्रपतिमा सहयोग गर्ने योजना बनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गरिने दाबी गर्नुभयो ।

    कांग्रेस अहिले हेर र पर्खको अवस्थामा रहेको छ । वर्तमान सत्ता समीकरण टुटाउनका निम्ति कांग्रेसले दाउ कुरिरहेको पाइएको छ । यस्तो अवस्थामा कांग्रेसले राष्ट्रपति पाउने सम्भावना बढ्दै गएको देखिन्छ । आफुले उठाएको उम्मेदवार राष्ट्रपतिमा नहुँदा एमाले पनि तत्कालै सरकारबाट बाहिरिने मनस्थितिमा देखिदैन ।।

     


    शनिवार, माघ २१ २०७९०७:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij