Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले भोली राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने : यी हुन् सम्भावीत उमेद्वार

कांग्रेसले भोली राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने : यी हुन् सम्भावीत उमेद्वार

  • शनिवार, माघ २१ २०७९

  • 326
    SHARES

  • कांग्रेसले भोली राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने : यी हुन् सम्भावीत उमेद्वार

    काठमाडौं। नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि भोली उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ। राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना रहेकाले उपाध्यक्ष पदमा भने महिला नै हुनुपर्ने व्यबस्था छ ।

    जसका लागि कांग्रेसले सरकारमा समावेश भएका बाहेकका दलसँग विपक्षी मोर्चा बनाएर उमेदवार उठाउने तयारी गरेको छ। त्यसकै लागी आज काँग्रेसले नेकपा एकिकृत समाजवादी र लोकतान्त्रीक समाजवादीसँग पनि छलफल गरेको छ । छलफलले भोली बिहान पुनःह बैठक बसेर उमेदवारको टुङ्गो लगाउने निर्णय गरेको छ ।

    जसअनुसार काँग्रेसले कमला पन्त र दुर्गा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको हो । अनिता देवकोटा पार्टीको प्रमुख सचेतक रहेका कारण दुईमध्ये एक जना उम्मेदवार बन्ने बताइएको छ । पन्त र गुरुङमध्ये पनि पन्त उम्मेदवार बन्ने सम्भावना बलियो देखिन्छ।

    कांग्रेसका मुख्य सचेतक रमेश लेखकले आज छोटो समय बसेको बैठकमा यसबारे प्रारम्भिक छलफल भएको जानकारी दिनुभएको थियो भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपाध्यक्ष पदमा आफ्नो पार्टीको दाबेदारी नरहेको बताइसक्नुभएको छ ।

    यसैले पनि अन्य कुनै पार्टीको दाबेदार नरहेकाले भोलि कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी लेखकले जानकारी दिनुभयो ।


    शनिवार, माघ २१ २०७९०४:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij