Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विमानस्थलको सुधार चित्तबुझ्दो भएन : मन्त्री किराँती

विमानस्थलको सुधार चित्तबुझ्दो भएन : मन्त्री किराँती

  • शनिवार, माघ २१ २०७९

  • 382
    SHARES

  • विमानस्थलको सुधार चित्तबुझ्दो भएन : मन्त्री किराँती

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको बताउनुभएको छ।

    आज बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उहाँले सुधार चित्तबुझ्दो नभएको भन्दै अझै प्रयत्न गर्न अनुरोध गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रूपमा सुधार छैन। आज देखिएको ट्रलीमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन दिएको छु, बाँकी जतिपनि त्रुटी देखेको छु, सम्बन्धित निकायमा कडाइका सच्याउन निर्देशन दिनेछु। सुधार गर्नुपर्ने धेरै कुरा छ।’

    उहाँले मन्त्रीको पदभार सम्हालेपछि गत माघ पहिलो साता विमानस्थलको अनुगमन गर्नुभयो। त्यतिबेला उहाँले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिनुभएको थियो।


    शनिवार, माघ २१ २०७९०१:२१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij