Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माधव नेपाल भन्छन् : राष्ट्रिय सभा उपाध्यक्षमा दाबी छैन

माधव नेपाल भन्छन् : राष्ट्रिय सभा उपाध्यक्षमा दाबी छैन

  • शनिवार, माघ २१ २०७९

  • 235
    SHARES

  • माधव नेपाल भन्छन् : राष्ट्रिय सभा उपाध्यक्षमा दाबी छैन

    काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीको दाबी नरहेको बताउनुभएको छ।

    आज नेपाली कांग्रेसले बोलाएको विपक्षी दलका नेताहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा अध्यक्ष नेपालले सो कुरा बताउनुभयो।आफूहरुसँग कुनै पनि दलले मत नमागेको भन्दै उहाँले आफूहरुले सबै पक्षको कुरा सुन्ने र एउटा टुंगोमा पुग्ने बताउनुभयो।

    आज नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुको बैठक बसेको हो। बैठक राष्ट्रिय सभाको आसन्न निर्वाचनको सन्दर्भमा केन्द्रित थियो।


    शनिवार, माघ २१ २०७९०१:१४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij