Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा ओली प्रचण्डको भेटवार्ता : यी पेचिला विषयमा भयो छलफल

बालुवाटारमा ओली प्रचण्डको भेटवार्ता : यी पेचिला विषयमा भयो छलफल

  • शनिवार, माघ २१ २०७९

  • 454
    SHARES

  • बालुवाटारमा ओली प्रचण्डको भेटवार्ता : यी पेचिला विषयमा भयो छलफल

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।

    सत्ता साझेदार दुई दलका शीर्ष नेताको भेटमा गृहमन्त्रालय कसलाई दिने भन्ने विषय तथा राष्ट्रपति उम्मेदवारका विषयमा पनि कुराकानी भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसलासँगै गृहमन्त्री पद गुमेपछि अहिले रास्वपाले गृहमन्त्रालय आफैँले पाउनुपर्ने दावी गर्दै आएको छ।

    यो विषयमा सत्ता साझेदार दलले निष्कर्षमा पुग्ने बताएका छन्। त्यस्तै आगामी फागुन २८ गतेलाई राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनको निर्वाचन हुने तय भएसँगै कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि ओली प्रचण्डबीच छलफल भएको छ।


    शनिवार, माघ २१ २०७९१२:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij