Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रास्वपाबारे बोल्यो निर्वाचन आयोग : रास्वपा दल दर्ता खारेजीको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन

रास्वपाबारे बोल्यो निर्वाचन आयोग : रास्वपा दल दर्ता खारेजीको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन

  • शुक्रवार, माघ २० २०७९

  • 1.5K
    SHARES

  • रास्वपाबारे बोल्यो निर्वाचन आयोग : रास्वपा दल दर्ता खारेजीको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन

    काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने बताउनुभएको छ।

    आयोमा आयोजित कार्यक्रममा रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएको सन्दर्भमा बोल्दै थपलियाले यस्तो बताउनुभएको हो।

    राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत थपलियाले बताउनुभयो ।

    उहाँले भन्नुभयो,‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन। यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि। त्यसकारण त्यस्तो परिकल्पना गरिएन।’

    त्यस्तो परिकल्पना नगरिनुमा दलीय प्रतिस्पर्धामा आउने दल देश र जनताप्रति प्रतिबद्ध छन् र उनीहरुले बुझाउनुपर्ने कागजात पनि तदनुरुप नै छन् भन्ने विश्वास गरिएको हुनसक्ने उहाँको भनाइ छ। तर पनि आयोगमा परेका निवेदनलाई कानुन अनुसार समयमै निरुपण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।


    शुक्रवार, माघ २० २०७९०२:०३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij