Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सांसद अरुण चौधरी जेल चलानः यस्तो हुनेछ सजाय

सांसद अरुण चौधरी जेल चलानः यस्तो हुनेछ सजाय

  • शुक्रवार, माघ २० २०७९

  • 427
    SHARES

  • सांसद अरुण चौधरी जेल चलानः यस्तो हुनेछ सजाय

    काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित सांसद अरुण चौधरी जेल चलान भएका छन्।हिजो बाँकेबाट पक्राउ परेका चौधरीलाई प्रहरीले आज बिहानै जिल्ला अदालत कैलालीमा बुझाएको थियो।

    अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागरा चलान भएका हुन्।करिब १२ वर्षअघि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनि गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।

    सोही आदेशअनुसार उनी अहिले जेल चलान भएका हुन्।बाँकेको बैजनाथ गाउँपालिका १ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका थिए। उनी नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गरेका हुन्।

     


    शुक्रवार, माघ २० २०७९०१:२०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij