काठमाडौं ।नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ परेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ। आज दिउँसो प्रहरीले कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले यस्तो संकेत गर्नुभएको हो ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष श्रेष्ठले सरकारले थारू समुदायलाई मात्र अपराधी देखेको भन्दै सरकारलाई समर्थन नचाहिने रहेछ भन्दै सरकारप्रति आक्रोश पोख्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई। हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ’ ।सार्वजनिक सम्पति आगाजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ को सुचिमा रहेका सांसद चौधरीलाई प्रहरीले बाँकेबाट आज पक्राउ गरेको थियो।