Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी पक्राउ

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी पक्राउ

  • बिहिवार, माघ १९ २०७९

  • 534
    SHARES

  • नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी पक्राउ

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । प्रहरीले आज दिउँसो बाँकेबाट उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    सांसद चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । बाँकेबाट पक्राउ परेका उनलाई कैलाली लैजान थालिएको प्रहरीले जनाएको छ ।

    आगजनी गरेको कसूरमा उनीमाथि अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।


    बिहिवार, माघ १९ २०७९०२:५४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij