Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रास्वपाले बोलायो एकै पटक संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक, गृह नपाए सरकारबाटै बाहिरिने संकेत

रास्वपाले बोलायो एकै पटक संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक, गृह नपाए सरकारबाटै बाहिरिने संकेत

  • बिहिवार, माघ १९ २०७९

  • 304
    SHARES

  • रास्वपाले बोलायो एकै पटक संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक, गृह नपाए सरकारबाटै बाहिरिने संकेत

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ। रास्वपाले आज पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा दिउँसो ३ बजे बस्ने गरेर संयुक्त बैठक बोलाएको हो ।

    नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएको छ ।

    सभापति लामिछानेले समेत आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहनुभएको छ । तर प्रधानमन्त्री प्रचण्डले नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवाद पनि रहेकाले गृह मन्त्रालय दिन नसक्ने सन्देश रविलाई दिनुभएको छ ।

    तर रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको छ । गृह मन्त्रालयमा रविबाहेक पार्टीकै अर्को व्यक्ति पठाउनुपर्ने आवाज पनि रास्वपाभित्र झिनो रुपमा उठेको छ । आजको बैठकमा यी सबै विषयमा छलफल हुने छ ।


    बिहिवार, माघ १९ २०७९०२:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij