काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आँफुलाई केही भन्न बाँकि भए भनिहाल्न आग्रह गर्नुभएको छ ।
उहाँले भर्खरै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सार्वजनिक गर्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको भन्दै आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उहाँले आग्रह गर्नुभएको हो ।
लामिछानेले आफू अभिमन्यु नभएको बताउँदै फेसबुकमा लेख्नुभएको छ, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकीm लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’