Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान, यस्तो छ भ्रमण तालिका

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान, यस्तो छ भ्रमण तालिका

  • बिहिवार, माघ १९ २०७९

  • 267
    SHARES

  • परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान, यस्तो छ भ्रमण तालिका

    काठमाडौं। परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका प्रस्थान गर्नुभएको छ। श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन मन्त्री पौड्याल आज कोलम्बो जानुभएको हो ।

    परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम छ ।

    मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुहुने छ भने यसै अवसरमा उहाँले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

    मन्त्री पौड्यालले भोली शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने २१ माघमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ । मन्त्री पौड्याल २२ माघमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


    बिहिवार, माघ १९ २०७९०१:२१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij