काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालय रास्वपाले नै पाउने दावी गर्नुभएको छ। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने भन्दै उहाँले रवि लामिछानेलाई गृहमन्त्री दिन अदालतको पूर्णपाठ नचाहिँने जिकिर गर्नुभयो ।
उहाँले आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति बनिसकेको भन्दै रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मा रहने प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्रीले अदालतको पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नूभएको छ नि भन्ने प्रश्नमा पुनः ह उहाँले रविलाई गृह दिन अदालतको पूर्णपाठ नचाहिने दोहोराउनुभयो। उहाँले भन्नुभयो ‘पूर्णपाठ किन चाहियो पुराण वाचन गर्ने हो र ?’ ।