Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

  • बिहिवार, माघ १९ २०७९

  • 504
    SHARES

  • अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला
    काठमाडौं । नेपालको कालिगण्डकी मा पाइने सालिगग्राम शिला यात्रा भारत उत्तरप्रदेश अयोध्या पुर्‍याइएको छ ।
     
    भारत उत्तरप्रदेश को अयोध्यामा निर्माणाधीन राम मन्दिरमा मूर्ति बनाउनको लागि उक्त शिला अयोध्या पुर्‍याइएको हो ।
     
    कालीगण्डकी नदिबाट उत्खनन् गरी निकालिएको उक्त शिला बाट भगवान् विष्णुको अवतार रामको बाल्यकाल देखिको मूर्ति निर्माण गरिने शिला यात्रामा सहभागी पत्रकार दीपक भण्डारीले जानकारी दिनुभएको छ
     
    शिलायात्राका क्रममा भारतको गोरखपुर देखि अयोध्या सम्मका विभिन्न ठाउँमा हजारौँ दर्शालु भक्तजनहरूले दर्शन एवम् सम्मान व्यक्त गरेका थिए ।
     
    यस देवशिलाको आदान प्रदान पछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक एवम् भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने धार्मिक जानकारहरू बताउँछन् ।
     
    देवशिला एउटा छब्बिस टन र अर्को चौध टन गरी चालीस टनको शिला अयोध्या पुर्‍याइएको हो ।
     
    त्रेता युगमा माता जानकी र भगवान् रामको विवाहले नेपाल भारतको सम्बन्ध प्रगाढ बन्दै गएको र यस देवशिलाबाट मूर्ति मार्फत झनै सम्बन्धलाई नवीकरण हुने विश्वास गरिएको छ ।


    बिहिवार, माघ १९ २०७९०८:३९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij