Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

  • बुधवार, माघ १८ २०७९

  • 791
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

    काठमाडौं ।निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा खारेजको माग गर्दै उजुरी परेको छ । नेपाली नागरिकको तर्फबाट युवराज पौडेल (सफल)ले आयोगसमक्ष उजुरी दिनुभएको हो ।

    अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले दल खोल्ने निर्णय गरेकाले सो हस्ताक्षर अवैध रहेको भन्दै रास्वपा तत्कालै खारेज हुनुपर्ने निवेदनमा माग छ ।

    यस्तै पौडेलले गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने माग गरिएको छ ।

    निवेदनमा 'निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको निजले दल दर्ता गर्दा एबम् संसद्को उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनः अवैधानिक रहेको पुष्टि हुन्छ ।' भनिएको छ ।

     


    बुधवार, माघ १८ २०७९०३:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij