Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सदन मुर्दाजस्तो छ, संघीयता र संविधानविरुद्ध बोल्न पाईदैन : राजकिशोर यादव

सदन मुर्दाजस्तो छ, संघीयता र संविधानविरुद्ध बोल्न पाईदैन : राजकिशोर यादव

  • बुधवार, माघ १८ २०७९

  • 259
    SHARES

  • सदन मुर्दाजस्तो छ, संघीयता र संविधानविरुद्ध बोल्न पाईदैन : राजकिशोर यादव

    काठमाडौं।सांसद् राजकिशोर यादवले मन्त्रीले संविधानको बर्खीलाप गरेर बोल्नु राजनीतिक बेइमानी भएको बताउनुभएको हो ।संसद्को विशेष समयमा बोल्दै सांसद् यादवले मन्त्रीले संविधानको बर्खीलाप गरेर बोल्नु संविधान विपरीत भएको बताउनुभयो ।

    यादवले भन्नुभयो,‘यो राजनीतिक बेइमानी हो । त्यसैले प्रधानमन्त्रीलाई मन्त्रीले स्पष्टीकरण सोध्ने भन्नुभएको थियो । जबाफ खोइ ? मन्त्रीको पदको दुरुपयोग गर्दै संघीयता र संविधानविरुद्ध बोल्नु हुँदैनथियो ।’

    केही दिनअघि राप्रपाबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले संघीयता र संविधानविपरित अभिव्यक्ति दिएको भन्दै सांसदहरूले आपत्ती जनाएका थिए।यादवले सदनलाई मुर्दाको रुपमा चित्रित गरे ।

    यादवले भन्नुभयो,‘मलाई लाग्थ्यो,आज यो सदनभित्र विशेष प्रस्ताव आउँला,के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए,त्यसको बारेमा चर्चा होला । तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ । प्रेम आचार्यको बारेमा कसैको चिन्ता भएन ।’


    बुधवार, माघ १८ २०७९०३:३३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij