काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा प्रतिनिधि सभा सांसद् रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई लाल आयोग कहाँ छ?भनि सोध्नुभएको छ।
सांसद् चौधरीले आज प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले थुनेको आरोप लगाउदै निर्दोष थारु राजबन्दीको लाल आयोग सार्वजनिक गर्न आग्रह गर्नुभएको हो।
चौधरीले भन्नुभयो,‘निर्दोषलाई फसाइएको छ। निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो। तर,अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बनेन।’ सरकार निरिह बन्दै गएको पनि चौधरीले आरोप छ ।