काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान भर्नेबारे सरकारसँग कुनै योजना नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा तामझामका साथ उद्घाटन गरेपनि उडानबारे सरकारसँग कुनै योजना नभएको बताउनुभएको हो।
‘प्रधानमन्त्रीज्यूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन त गर्नुभयो। तर,पोखराबासीले पर्खिरहेका छन्, पोखरामा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ?,’ उहाँको प्रश्न छ ।
सांसद परियारले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका विषयमा यथाशिघ्र छानविन गरी घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्न पनि माग गर्नुभको छ ।