काठमाडौं ।प्रतिनिधी सभा सांसद् अमरेशकुमार सिंहले आत्मदाहका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोलदै सांसद् सिंहले आत्मदाहको घटना सिर्जना हुनुमा सरकार पनि दोषी रहेको बताउनुभयो। यस्ता घटना न्यूनीकरण गर्न सरकार गम्भिर बन्नुपर्ने सिंहको भनाइ छ।
उहाँले भन्नुभयो, ‘आत्मदाहका घटना बढेको देखिन्छ। के कारणले आत्मदाह भइरहेको छ, उच्च स्तरीय न्यायिक आयोग गठन होस्।’