Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बैंकको ऋणले थिचिएका किसानलाई उल्टै सरकारले झुलायो : गगन थापा

बैंकको ऋणले थिचिएका किसानलाई उल्टै सरकारले झुलायो : गगन थापा

  • बुधवार, माघ १८ २०७९

  • 272
    SHARES

  • बैंकको ऋणले थिचिएका किसानलाई उल्टै सरकारले झुलायो : गगन थापा

    काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सांसद् गगनकुमार थापाले साना किसानको समस्या सम्बोधन गर्न सरकार मौन रहेको आरोप लगाउनुभएको छ।

    प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद् थापाले साना किसानहरूलाई बैंकले अठ्याउँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताउनुभयो ।

    थापाले भन्नुभयो, ‘सयौंको संख्यामा साना किसान कृषि मन्त्रालय पुगेका छन्। सानासाना किसानले बैंकबाट ऋण ल्याए। सरकारकै निर्णयबाट वर्डफ्लुले कुखुरा नष्ट भयो। नियमअनुसार उनीहरूले ५८ करोड क्षतिपुर्ति दिनुपर्ने अहिलेसम्म दिएको छैन।’सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘सरकार दिन्न भन्दैन, सरकार झुलाउँछ । बैंकले उनीहरूलाई अठ्याउँछ। बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दा सम्म कुर्ने हो ? यस्तो निर्णय नहोस भनेर सरकारले दिनुपर्ने रकम दिनुपर्ने हो की ?’


    बुधवार, माघ १८ २०७९०२:१०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij