काठमाडौँ।नेकपा एमालेका प्रतिनिधिसभा सांसद ईश्वरबहादुर रिजालले दोलखाका गाउँमा बाँदरले उठिबास लगाएको भन्दै क्षतिको अध्ययन गरी राहतको व्यवस्था गर्न माग र्नुभएको छ।
आजको संसद बैठकको शून्य समयमा बोल्दै सांसद् रिजालले बाँदरको संख्या बढ्दा मान्छेको उठीबास लागेको बताउनुभयो ।
‘दोलखामा बाँदरको प्रकोप बढेको छ । मान्छेहरूले कमाइ खेती छोडेका छन् । त्यहीकारण बसाइँसराइ बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘बाँदरको साम्राज्य बढ्दा खेती कमाइ गरिखाने किसानको उठिबास लागेको छ ।
यसबारे सरकारले एउटा अध्ययन टोली बनाओस्, क्षतिको मूल्यांकन गरेर राहतको व्यवस्था गरोस् । संविधानले व्यवस्था गरेको खाद्य अधिकार र बाली बिमाको व्यवस्था गरियोस् ।’