Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको राहदानी अनुसन्धान नगरी फेरि गृहमन्त्री बनाउन पाईदैन : महन्थ ठाकुर

रवि लामिछानेको राहदानी अनुसन्धान नगरी फेरि गृहमन्त्री बनाउन पाईदैन : महन्थ ठाकुर

  • सोमवार, माघ १६ २०७९

  • 473
    SHARES

  • रवि लामिछानेको राहदानी अनुसन्धान नगरी फेरि गृहमन्त्री बनाउन पाईदैन  : महन्थ ठाकुर

    काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन नहुने बताउनुभएको छ ।

    महोत्तरीमा आज पत्रकारसँग कुराकानी गर्दै लोसपा अध्यक्ष ठाकुरले पासपोर्टमाथि पनि कानुनी प्रश्न उठेकोले अनुसन्धान नगरी लामिछानेलाई गृहमन्त्री बनाउन नहुने बताउनुभएको हो ।

    नागरिकता सन्दर्भमा सर्वोच्च अदालतले निर्णय गरेको र अब पासपोर्टको कुरोमा अनुसन्धान गर्ने बाटो खुलेको पनि ठाकुरको भनाइ छ।

    सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि सबै पद गुमाउनुभएका लामिछानेले प्रक्रिया पूरा गरेर पुनः नागरिकताको प्रमाणपत्र लिइसक्नुभएको छ ।

    नागरिकता पुनः कायम भएपछि उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएर फेरी गृहमन्त्रालय नै पाउनुपर्ने नत्र सरकारबाटै बाहिरीने चेतावनी दिदै आउनुभएको छ ।


    सोमवार, माघ १६ २०७९०२:५४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij