Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शहीदहरूलाई सम्झेर मनाईयो शहीद दिवस

शहीदहरूलाई सम्झेर मनाईयो शहीद दिवस

  • सोमवार, माघ १६ २०७९

  • 279
    SHARES

  • शहीदहरूलाई सम्झेर मनाईयो शहीद दिवस

    काठमाडौं । आज माघ १६ गते शहीदहरुको सम्झनामा शहीद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

    लैनचौरस्थित शहीद स्मृति पार्कमा आज श्रद्धाञ्जली सभा गरेर शहीदको सम्झना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै काठमाडौं महानगरका मेयर बालेन साहसहितका व्यक्ति हरुलेले शहीदको फोटोमा माल्यार्पण गर्नुभएको छ ।

    यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएका थिए । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

    स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।


    सोमवार, माघ १६ २०७९०२:३१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij