काठमाडौं।मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ।बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।
यो बैठक नियमित बैठक भए पनि राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।निर्वाचन आयोगले आज राष्ट्रपतिको निर्वाचन मिति सार्वजनिक गरिसकेको छ। आयोगले आज आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो ।
आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ। यसबारेमा पनि आज बस्ने मन्त्रीपरिषद बैठकमा छलफल हुनेभएको छ ।