काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले शहीदले देखाएको बाटोमा शब्दमा मात्र नभई कर्ममा लाग्न आग्रह गर्नुभएको हो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ ।
शहीदको बलिदानलाई उच्च सम्मान गर्दै उनीहरूको सपना साकार पार्ने कार्यमा सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उहाँको भनाइ छ ।