Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

आजको स्वतन्त्रता र नागरिक अधिकार शहीदले गरेको बलिदानको प्रतिफल हो : राष्ट्रपति

आजको स्वतन्त्रता र नागरिक अधिकार शहीदले गरेको बलिदानको प्रतिफल हो : राष्ट्रपति

  • सोमवार, माघ १६ २०७९

  • 258
    SHARES

  • आजको स्वतन्त्रता र नागरिक अधिकार शहीदले गरेको बलिदानको प्रतिफल हो : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

    शहीद दिवसका अवसरमा सोमबार सन्देश जारी गरी राष्टपति भण्डारीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

    ‘हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेको बलिदानको प्रतिफल हो’, उहाँको सन्देशमा उल्लेख छ, ‘तसर्थ शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।

     


    सोमवार, माघ १६ २०७९०७:५१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij