Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बालेनलाई सुमन सायमीको आरोप : पुराना शासकभन्दा निरंकुश भए, अब पदबाटै निकाल्छौं

बालेनलाई सुमन सायमीको आरोप : पुराना शासकभन्दा निरंकुश भए, अब पदबाटै निकाल्छौं

  • आइतवार, माघ १५ २०७९

  • 293
    SHARES

  • बालेनलाई सुमन सायमीको आरोप : पुराना शासकभन्दा निरंकुश भए, अब पदबाटै निकाल्छौं

    काठमाडौं ।काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उमेद्वार तथा सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले मेयर बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप लगाउनुभएको छ ।

    महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै आज सायमीसहितको समूहले माइतीघरमा प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनपछि सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो ‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन्। पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं, अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ। सिधै डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहदनौं ।’

    मेयर बालेन साहलाई सच्चिन आग्रह गर्दै सायमीले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको चेतावनी दिदै महानगरले दुख दिने हो भने कर पनि नतिर्ने चेतावनी दिनुभयो ।

    यो देशमा गरिब पनि छन् भन्ने महसुस गर्न आग्रह गर्दै सायमीले डोजर आतंक बन्द गर्न मेयर बालेनलाई आग्रह गर्नुभयो । निजी सम्पत्तिमा डोजर प्रयोग गर्दा कानुनी र संवैधानिक अधिकार सुनिश्चित गर्न पनि उहाँको आग्रह छ ।


    आइतवार, माघ १५ २०७९०३:५८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij