Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सन्दीपलाई छाड्ने अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सरकारी वकिलको निर्णय

सन्दीपलाई छाड्ने अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सरकारी वकिलको निर्णय

  • आइतवार, माघ १५ २०७९

  • 306
    SHARES

  • सन्दीपलाई छाड्ने अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सरकारी वकिलको निर्णय

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको अभियोगमा धरौटीमा छोड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिल सर्वोच्च जाने भएको छ । उच्च अदालतको सो निर्णय बदरको माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको हो।

    त्यसका लागि महान्यायाधीवक्ता कार्यालयले एक दुई दिनमै निवेदन दर्ताको तयारी थालेको छ।लामिछानेलाई धरौटीमा छाड्ने आदेश कानुनविपरित भएको सरकारी वकिलको ठहर छ। उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

    महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता संजीवराज रेग्मीले लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको बताउनुभएको छ। सन्दिपलाइ २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको थियो।

    काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।


    आइतवार, माघ १५ २०७९०३:३९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij