Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नर्सको सेवा–सुविधा वृद्धि हुन्छ, १० हजारमा काम लगाउनेलाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी

नर्सको सेवा–सुविधा वृद्धि हुन्छ, १० हजारमा काम लगाउनेलाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी

  • आइतवार, माघ १५ २०७९

  • 610
    SHARES

  • नर्सको सेवा–सुविधा वृद्धि हुन्छ, १० हजारमा काम लगाउनेलाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी

    काठमाडौं।स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताउनुभएको छ।

    नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उहाँले नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्ने बताउनुभएको छ ।

    उहाँले नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न बताउनुभयो। नर्सहरुलाई निजी क्षेत्रमा ८, १० हजारमा काम गर्नुपर्ने अवस्था रहेको र यो निकै चिन्ताको विषय भएको बताउनुभयो ।

    न्युनतम तलब भत्ता पनि नदिइ श्रम शोषण गर्ने कुरा सुनेको भन्दै त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रोगरी अनुगमन गरेर आवश्यक कारबाही गर्ने बताउनुभयो । दिदै उहाँले संवेदनशिल पेशा भएकाले नर्सहरूमा पनि धैर्यता जरुरी बताउनुभयो ।

     


    आइतवार, माघ १५ २०७९०२:५४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij