Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले पुनः पाए नेपाली नागरिकता: यस्तो थियो प्रक्रिया

रवि लामिछानेले पुनः पाए नेपाली नागरिकता: यस्तो थियो प्रक्रिया

  • आइतवार, माघ १५ २०७९

  • 699
    SHARES

  • रवि लामिछानेले पुनः पाए नेपाली नागरिकता: यस्तो थियो प्रक्रिया

    काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर सर्वोच्चको आदेशानुसार प्रक्रिया पुराएर लामिछानेले नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

    लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको जानकारी दिनुभएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताउनुभएको छ ।

    अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार लामिछानेको सांसद पद खारेज भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापति पद समेत गुमेको थियो ।


    आइतवार, माघ १५ २०७९०२:१८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij