काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएको छ। आवश्यक कागजात लिएर लामिछाने जिल्ला प्रशासन पुग्नुभएको हो ।
सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरेपछि लामिछानेले सांसद पद, उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाउनुभएको थियो।
लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्नुभएको छ । लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियो ।