काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि अहिलेको समीकरण जोगाउनुपर्ने बताउनुभएको छ।
नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनले दोलालघाटमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको भन्दै एमाले राष्ट्रिय राजनीतिको मियो रहेको दाबी गर्नुभयो ।
अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोका कमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।