Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कोही नआत्तिनुस्, रविको राजीनामाले सरकार केही हुँदैन : सुवास नेम्बाङ

कोही नआत्तिनुस्, रविको राजीनामाले सरकार केही हुँदैन : सुवास नेम्बाङ

  • शनिवार, माघ १४ २०७९

  • 379
    SHARES

  • कोही नआत्तिनुस्, रविको राजीनामाले सरकार केही हुँदैन : सुवास नेम्बाङ

    काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सर्वोच्च अदालतको फैसलाबाट हतोत्साही नहुन आग्रह गर्नुभएको छ। शहीद दिवसको अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङ्गले हिजो सर्वोच्चको फैसलापछी सृजित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।

    सर्वोच्चको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उहाँले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताउनुभयो ।लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउनेसमेत उहाँको संकेत छ ।

    वर्तमान सरकारको महत्वपूर्ण साझेदार रास्वपा सभापतिको नागरिकता खारेज प्रकरणले सरकारमै समस्या आउने त होइन भन्ने चासो र चिन्ता भइरहेका बेला आगामी राष्ट्रपती पदका आकाँक्षीसमेत रहनुभएका नेम्बाङले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हो ।


    शनिवार, माघ १४ २०७९०३:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij