Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

फागुन २८ भित्र राष्ट्रपति निर्वाचन नगरे देशमा अनिष्ट हुन्छ : शेखर कोइराला

फागुन २८ भित्र राष्ट्रपति निर्वाचन नगरे देशमा अनिष्ट हुन्छ : शेखर कोइराला

  • शनिवार, माघ १४ २०७९

  • 213
    SHARES

  • फागुन २८ भित्र राष्ट्रपति निर्वाचन नगरे देशमा अनिष्ट हुन्छ : शेखर कोइराला

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताउनुभएको छ ।

    आज नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गर्नुभएको हो।

    ‘निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने छ। राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन’ उहाँले भन्नुभयो ।उहाँले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताउनुभयो।

    सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने उहाँको भनाइ छ।नेता कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताउनुभयो ।


    शनिवार, माघ १४ २०७९०१:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij