Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने प्रकरण : सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था थप कडाइ, केहीबेरमै फैसला आउने

रवि लामिछाने प्रकरण : सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था थप कडाइ, केहीबेरमै फैसला आउने

  • शुक्रवार, माघ १३ २०७९

  • 339
    SHARES

  • रवि लामिछाने प्रकरण : सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था थप कडाइ, केहीबेरमै फैसला आउने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रविलामिछानेविरुद्ध मुद्दामा बहस सकिएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्‍यवस्था थप कडा पारिएको छ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

    संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका छन् । गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ ।

    सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।


    शुक्रवार, माघ १३ २०७९०४:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij