काठमाडौं ।विवेकशील साझा पार्टीले महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ। अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको विवेकशील साझाले जनाएको छ ।
नयाँ समितिका सदस्यहरु केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा,हरिश भट्ट, उमेश भट्टराई,आशुतोष प्रधान, जिएस स्मिथ, रञ्जु दर्शना, समुन्द्र केसी,विमल तामाङ,प्रदीप थापा रहेका छन् ।
त्यसैगरी मिलन पाण्डे, यमनारायण खनाल, रमण सुवेदी, सुरेन्द्र रानाभाट, धनेज थापा र शंकर वञ्जाडे पनि सचिवालयमा रहेका एक नेताले जानकारी दिएका छन् ।
थप एक जना सदस्य पछि मनोनयन गरिने सो पार्टीले जनाएको छ । सो पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन यहि माघ २७ र २८ गते हुँदैछ ।