Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने

गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने

  • शुक्रवार, माघ १३ २०७९

  • 249
    SHARES

  • गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो ।

    गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए ।

    दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ । लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मङ्सिर २८ गते रिट दायर भएको थियो ।

    तर पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो ।


    शुक्रवार, माघ १३ २०७९०९:००:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij