Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी समिति बैठक भोली बस्ने गरि सकियो

माओवादी केन्द्रको स्थायी समिति बैठक भोली बस्ने गरि सकियो

  • बिहिवार, माघ १२ २०७९

  • 226
    SHARES

  • माओवादी केन्द्रको स्थायी समिति बैठक भोली बस्ने गरि सकियो

    काठमाडौं। माओवादी केन्द्रको स्थायी समितिको बैठक सकिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेगरी सकिएको हो।

    आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछिका घटनाको ब्रिफिङ गर्नुभएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    आजको बैठकमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको एकता प्रक्रियाको बारेमा छलफल भएको र छिट्टै टुंग्याउने निर्णय भएको पौडेलले बताउनुभयो। पौडेलले भन्नुभयो 'धेरै कुरा अगाडि बढाइसकेका छौँ, खालि नाम र शैलीको बारेमा प्रसंग चलेको छ। छिट्टै टुंगिन्छ।'

    उहाँले राष्ट्रपतिमा माओवादी केन्द्रले भनेको राष्ट्रिय सहमति एमाले सहितको भएको बताउनुभयो। एमाले वा कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सहमति हुन नसक्ने भन्दै उहाँले सकेसम्म सहमतिको व्यक्तित्वलाई अगाडि सार्न सके राम्रो हुने धारणा राख्नुभयो ।


    बिहिवार, माघ १२ २०७९०४:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij