Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

माओवादी केन्द्रले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

  • बिहिवार, माघ १२ २०७९

  • 186
    SHARES

  • माओवादी केन्द्रले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने

    काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रले तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

    आज बस्ने स्थायी समिति बैठकमा सापकोटालाई उपाध्यक्ष बनाउनेसहित पदाधिकारी थप्ने प्रस्ताव लैजान लागेको हो। तर हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछिमात्रै निर्णय हुनेछ ।

    माओवादी केन्द्रमा अहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन्। महरापछिको मर्यादाक्रममा राख्नेगरी सापकोटालाई उपाध्यक्ष बनाउन लागिएको बुझिएको छ ।

    माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटीमा अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन् ।


    बिहिवार, माघ १२ २०७९०१:३७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij