Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकता नाममा पुगेर अड्कियो : यी हुन् प्रस्तावित नाम

माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकता नाममा पुगेर अड्कियो : यी हुन् प्रस्तावित नाम

  • बुधवार, माघ ११ २०७९

  • 467
    SHARES

  • माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकता नाममा पुगेर अड्कियो : यी हुन् प्रस्तावित नाम

    काठमाडौं ।नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपा बीचको एकता पार्टीको नाममा पुगेर अड्किएको छ। माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठबीच दुई पटक छलफल गरेपनि अन्तिममा पार्टीको नामलाई लिएर अड्किएको हो ।

    संयोजक श्रेष्ठले नेकपा नराखेर समाजवादी पार्टी बनाउनुपर्ने अडान राख्नुभएको छ भने महरासहितको टोली पार्टीको नाम नयाँ राखेपनि नेकपा छुटाउन नहुने पक्षमा छ ।पार्टी एकताका विषयमा वार्ता टोलीबाट कुरा नमिल्ने देखिएपछि शिर्ष नेताहरु बसेर टुंगो लगाइने भएको छ ।

    अब माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई बसेर पार्टी एकताका विषयमा छलफल गरेर टुंगो लगाउने जिम्मा दिएको छ । पार्टीको चुनाव चिन्हका विषयमा भने कुनै समस्या नहुने नेताहरूले बताएका छन् ।


    बुधवार, माघ ११ २०७९०५:२५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij