Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा सदस्यमा नागरिक उन्मुक्तिबाट उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्यमा नागरिक उन्मुक्तिबाट उम्मेदवारी दर्ता

  • बुधवार, माघ ११ २०७९

  • 332
    SHARES

  • राष्ट्रिय सभा सदस्यमा नागरिक उन्मुक्तिबाट उम्मेदवारी दर्ता
    काठमाडौं । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिनुभएको हो।  
     
    उहाँको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा  पुग्नुभएको थियो ।
     
    सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिनुभएको छ। तर सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने छुट्टै उम्मेदवारी दिएको हो । नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्नुभएको छ।
     
    नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।


    बुधवार, माघ ११ २०७९०३:५५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij