Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विचारमा संगठित भएर संगठनलाई अगाडि बढाउनुपर्यो : केपी ओली

विचारमा संगठित भएर संगठनलाई अगाडि बढाउनुपर्यो : केपी ओली

  • बुधवार, माघ ११ २०७९

  • 237
    SHARES

  • विचारमा संगठित भएर संगठनलाई अगाडि बढाउनुपर्यो : केपी ओली

    काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचारमा संगठित भएर संगठनलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

    आज पार्टी कार्यालयमा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै गलत र अनुचित विचार हटाएर सहि आचरण स्थापित गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।

    उहाँले जनता केन्द्रीत, सुशासन केन्द्रीत गरेर योजना बनाउनुपर्ने धारणा राख्नुभयो। वैयक्तिक स्वार्थका विषय संस्थाको समस्या नहुने बताउँदै ओलीले देश, जनता, सुशासनकेन्द्रीत विचार राख्दा सफल हुने उल्लेख गर्नुभयो ।

    उहाँले एमाले पार्टी दलबलले अगाडि बढ्ने पार्टी नभई विचारले अगाडि बढेको पार्टी भएको बताउदै कार्यकर्तालाई वैचारिक हतियारबाट सु सञ्जित गर्न अनुशिक्षण कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो ।


    बुधवार, माघ ११ २०७९०१:३४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij