Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सांसदसँग २५ र मन्त्रीसँग ३० हजार लेबी उठाउने रास्वपाको निर्णय

सांसदसँग २५ र मन्त्रीसँग ३० हजार लेबी उठाउने रास्वपाको निर्णय

  • मंगलवार, माघ १० २०७९

  • 339
    SHARES

  • सांसदसँग २५ र मन्त्रीसँग ३० हजार लेबी उठाउने रास्वपाको निर्णय

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ।

    केही दिनअघि बसेको पार्टी संसदीय दलको बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको हो। रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र डा. तोसिमा कार्की मन्त्रिपरिषदमा सहभागी हुनुहुन्छ ।

    हाल प्रतिनिधिसभा सदस्यले तलब, कोठाभाडा, सञ्चारलगायत विभिन्न शीर्षकमा मासिक १ लाख रुपैयाँ भन्दा बढी पाउनेछन् ।


    मंगलवार, माघ १० २०७९०५:२४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij