Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सरकार र ममाथि उठेका प्रश्नहरूको जवाफ परिणाममा दिन्छु : गृहमन्त्री लामिछाने

सरकार र ममाथि उठेका प्रश्नहरूको जवाफ परिणाममा दिन्छु : गृहमन्त्री लामिछाने

  • मंगलवार, माघ १० २०७९

  • 299
    SHARES

  • सरकार र ममाथि उठेका प्रश्नहरूको जवाफ परिणाममा दिन्छु : गृहमन्त्री लामिछाने

    काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु विगतमा सत्ता सम्हालेका दललहरुले थिलथिलो पारेको आरोप लगाउनु भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति समेत रहनुभएका गृहमन्त्री लामिछानेले सभामुख र उपसभामुखलाई बधाई दिँदै यसअघि सत्ता सञ्चालन गर्ने दलहरूले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेका कारण परिणाम ल्याउन केही समय लागेको बताउनुभएको हो ।

    ‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ। काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ,’ उहाँले भन्नुभयो, ‘हामी नयाँले जिम्मेवारी सम्हाले पनि हामीमाथि त्यही कोणबाट प्रश्नहरू आउने रहेछन् । तर म कामको माध्यमबाट, परिणामको माध्यमबाट ती प्रश्नहरूको जवाफ दिन चाहान्छु ।’

    उहाँले राज्य संरचना र प्रणाली सुधारका लागि अन्य दलहरूको समेत सहयोग आवश्यक पर्ने बताउनुभयो। प्रतिनिधिसभाका सदस्यहरूलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘प्रणालीगत सुधारका लागि हामीले प्रयास गर्नुपर्ने देखिएको छ। प्रणाली सुधार र मापदण्डहरू निर्माणमा गृहमन्त्रालय केन्द्रित छ। अहिले सबै विषयहरूलाई लिएर म यही भन्छु कि राज्यका संयन्त्रहरूलाई हिजो चलाएजस्तो गरी अब चलाउन छोडिदिनुहोस्, आधा काम त्यतिकै सहज हुनेछ ।’

    उहाँले सीडीओ आफ्नो, डीएसपी आफ्नो र सकेसम्म राज्यका निकायमा जिम्मेवार व्यक्ति आफ्नो हुनुपर्छ भन्ने सोच सबैले त्याग्न सक्नुपर्ने बताउनुभयो ।

    उनले अघि भने, ‘अहिले किन काम हुँदैन, ढिला हुन्छ ? यसको जवाफ सजिलो छ, राज्यका संयन्त्रहरूलाई चलाइएको छ, गिज्याइएको छ । ट्रयाकभन्दा बाहिर पुर्‍याइएको छ । त्यसैले म विश्वास दिलाउन चाह‍न्छु, त्यस्ता ठाउँहरूलाई ठीक गरेर नै हामी अहिले उठेका विषयहरूमा हामी निष्कर्षमा पुग्छौँ ।’

    उहाँले अहिले सरकार र आफूमाथि उठेका प्रश्नहरूको जवाफ परिणाममा दिने बताउनुभयो। उहाँले आफू नतिजा दिने गरी काम गर्ने पक्षमा रहेको बताउनुभयो ।


    मंगलवार, माघ १० २०७९०३:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij