काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले संसद्लाई कसैको विगतलाई लिएर संसद्मा एकले अर्कोलाई कटाक्ष नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिदैं पौडेलले संसद्लाई हरेक नागरिकको भावनालाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको अवस्थासम्म आउन दसवर्षे जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षहरूको योगदान रहेको भन्दै त्यसको मर्म र सहिदहरूको योगदानलाई भुल्न नहुने बताउनुभयो ।
उहाँले मुलुकको कमजोर अर्थतन्त्रलाई अघि बढाउन सहमति र एकताको माध्यमबाट अघि बढाउन संसद्मा छलफल हुनुपर्ने बताउनुभयो ।