काठमाडौं। बागमती प्रदेशमा पनि ३ मन्त्रालय कटौती गरेर ११ वटा मन्त्रालय कायम गरिने भएका छन् । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलको सुझावमा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको हो ।
यसअघि बागमती प्रदेशमा १४ मन्त्रालय रहेका थिए। कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्मरकट्टेलले कार्यदलको सुझाव अनुसार अव बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने जानकारी दिनुभयो ।
कार्यदलले प्रदेशका कुल सांसदको १० प्रतिशत नबढ्नेगरी मन्त्री बनाउन सुझाव दिएको छ। ‘कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अव ११ वटा मन्त्रालय हुन्छन्, त्यसको निर्णय आजै बस्ने क्याविनेटले निर्णय गर्छ’, मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ ।
मुख्यमन्त्री जम्कटटेलले मुख्यसचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल पनि गठन गर्नुभएको थियो ।